समाचार

बागमती प्रदेश : १२ सांसद् एमाले छाडेर नेकपा एकिकृत समाजवादीमा (नामावलीसहित)

मकवानपुर । बागमती प्रदेशका १२ जना सांसदले नेकपा एकिकृत समाजवादी पार्टी रोजेकोे प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाकी सूचना अधिकारी सम्झना ढकालले जानकारी दिएकी छिन् । उनको अनुसार १२ जना सांसदहरुले आज प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उपस्थित भई आफुहरु माधव नेपालले नेतृत्व गरेको नेकपा एकिकृत समाजवादी पार्टीमा आवद्ध हुन...

आज नेप्से ६९ अंकले घट्यो, १३ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ६९ दशमलव ०५ अंकले घटेर २ हजार ९ सय ७५ दशमलव ८४ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता शेयर किनबेच हुुँदा १३...

वाईसीएलको २३१ सदस्यीय केन्द्रीय समिति चयन

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । वाईसीयल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २ सय ३१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो । बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय समितिका सदस्यहरु चयन गरिएको वाईसीयलका इन्चार्ज रामप्रसाद सापकोटा...

नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ सरकारमा सहभागी हुने

धनुषा । नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ को सरकारमा सहभागी हुने भएको छ । केन्द्रमा बनेको ष्ठबन्धनकै आधारमा सो पार्टीले प्रदेश २ को सरकारमा सहभागी हुने भएको हो । प्रदेश २ प्रदेशसभामा एमालेका २१ सांसदमध्ये नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका १३ सांसद रहेका छन् । उनीहरुले निर्वाचन आयोगमा...

करणी गरेको आरोपमा दुई जना पक्राउ

उदयपुर । प्रहरीले उदयपुरबाट करणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुरको ताप्ली गाउँपालिका–२ लेखगाँउका ३२ वर्षीय राकेश राई र ओखलढुंगाका सिद्धिचरण नगरपालिका(११ बस्ने २९ वर्षीय यौवन ताम्राकार रहेका छन् । प्रहरीका अनुसार, पक्राउ परेका राईमाथि १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ...

आज नेपाली बजारमा सुनको भाउ घट्यो

काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बटेको हो । भाउ घटेसँगै आज छापावाला सुन प्रतितोला ९१ हजार २०० मा कारोबार भइरहेको छ । यसअघि छापावाला सुन तोला ९१ हजार ६ सयमा कारोबार भएको थियो...

घर आगलागी हुँदा दम्पतीको मृत्यु

लम्जुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) स्थित एक घरमा गएराति आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी ४५ वर्षीया श्रीमती पशुपति भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०–१५ दिनअघि मात्रै दुवै...

मकवानपुरमा जनता आवास कार्यक्रम : १५० सम्झौता भई कार्यान्वयनमा

मकवानपुर । जनता आवास कार्यक्रमको लागि मकवानपुरमा १ सय ५० वटा आवासको निर्माण कार्य साझौता भई कार्यन्वयनमा आएको छ । जिल्ला समन्वय समिति मकवानपुरको तथ्याड अनुसार, २ सय वटा आवास निर्माणको लागि बजेट विनियोजन भएकोमा १ सय ५० वटा आवास निर्माणका लागि सम्झौता भई कार्यान्वयनमा आएको हो । गत...

मकवानपुरका सबै आइसोलेसन बन्द

मकवानपुर । मकवानपुर जिल्लाका सबै आइसोलेसन सेन्टर बन्द भएको छ । कोभिड संक्रमण दर बढ्दै गएपछि सञ्चालनमा आएका आइसोलेसन सेन्टर कोरोना संक्रमण न्यून भएपछि बन्द भएका हुन् । हेटौंडा–६, गौरीटारमा १ सय २० बेड रहेको आइसोलेसन सञ्चालनमा आएको थियो । हेटौंडा उपमहानगरपालिकाले १५ बेडबाट १ सय २० बेडसम्म क्षमता...

लण्डनमा नेपालीको गुम्बा

बेलायत । लण्डन शहरको दक्षिण पूर्वमा रहेका बुद्ध धर्म अनुयायी नेपालीले गुम्बा स्थापना गरेका छन् । डायमण्ड बुद्धिष्ट सेन्टर नामक संस्थाको पहलमा बनेको उक्त गुम्बाको क्षेत्रफल एक हजार ६६८ स्क्वायर फीट रहेको सेन्टरका अध्यक्ष सुमलकुमार गुरुङले बताए । कूल दुई लाख ८३ हजार ५०० पाउण्डमा खरिद गरिएको उक्त गुम्बाको...