नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ सरकारमा सहभागी हुने
धनुषा । नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ को सरकारमा सहभागी हुने भएको छ ।
केन्द्रमा बनेको ष्ठबन्धनकै आधारमा सो पार्टीले प्रदेश २ को सरकारमा सहभागी हुने भएको हो ।
प्रदेश २ प्रदेशसभामा एमालेका २१ सांसदमध्ये नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका १३ सांसद रहेका छन् । उनीहरुले निर्वाचन आयोगमा सनाखत गराएपछि प्रदेश सरकारमा सहभागी हुने बताइएको छ ।
नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोले बुधबारसम्म प्रदेशसभा सदस्यको सनाखत हुने र त्यसपछि सरकारमा आफ्नो पार्टी सहभागी हुने बताए ।
प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा सरकार छ । गठबन्धनका तर्फबाट प्रदेश सरकारमा हाल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सामेल भइसकेका छन् ।
