आज नेपाली बजारमा सुनको भाउ घट्यो
काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले बटेको हो ।
भाउ घटेसँगै आज छापावाला सुन प्रतितोला ९१ हजार २०० मा कारोबार भइरहेको छ । यसअघि छापावाला सुन तोला ९१ हजार ६ सयमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
