वाईसीएलको २३१ सदस्यीय केन्द्रीय समिति चयन
काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
वाईसीयल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २ सय ३१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो ।
बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय समितिका सदस्यहरु चयन गरिएको वाईसीयलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिए ।
उनका अनुसार, नयाँ केन्द्रिय समितिमा २३ जना भने पछि मनोनित हुनेछन् । वाईसियलको विधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनित हुनेछन् ।
