आज नेप्से ६९ अंकले घट्यो, १३ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०७८ भाद्र १५,मंगलवार १५:५५

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ६९ दशमलव ०५ अंकले घटेर २ हजार ९ सय ७५ दशमलव ८४ विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता शेयर किनबेच हुुँदा १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक निर्जीबन बीमा समूहमा ३७२ दशमलव ५८ अंकले घटेको हो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ ।

त्यस्तै, आज सर्वाधिक कर्णाली डेभलपमेन्ट बैंकको ७ दशमलव ५८ प्रतिशत अंकले बटेको छ ।