समाचार
पछिल्लो २४ घण्टामा २२९५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २ सय ३३ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...
भैसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध
मकवानपुर । मकवानपुरको भैसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । आज दिउँसोदेखि भीमफेदी गाउँपालिका वडा नम्वर २ स्थित माथिबाट लेदो माटोसहित खसेको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको हो । पहिरोका कारण हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौंलगायत विभिन्न स्थानमा जाने र हेटौंडातर्फ आउने सवारीसाधनहरु करिब ३ घण्टादेखि जाममा परेका...
सिमल्टारमा फार्मेसी संचालन
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११ सिमल्टारको बुद्धचोकमा ल्यावसहितको फार्मेसी संचालनमा आएको छ । सोमबार सिमल्टार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगरले सिमल्टार रेग्मी फार्मेसीको विधिवत रुपमा उद्घाटन गरेका हुन् । उनले सिमल्टारमा नै ल्यावसहितको फार्मेसी संचालनमा आएपछि स्थानीयलाई स्वास्थ्य उपचारका लागि बजारसम्म धाउन नपर्ने बताए । सो...
माओवादी केन्द्र भीमफेदी–३ को अध्यक्षमा थिङ
मकवानपुर । नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिका–३ को अध्यक्षमा अर्जुन थिङ चयन भएका छन् । आज (सोमबार) भएको भेलाले थिङको संयोजकत्वमा २९ सदस्यीय कार्य समिति चयन भएको हो । कार्यक्रम पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका सचिवालय...
महामन्त्री पदमा उम्मेदवारी दिने गगन थापाको घोषणा
मकवानपुर । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिन लागेको घोषणा गरेका हुन् । १३ औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए । त्यसबेला सिटौला समूहबाट उम्मेदवार...
माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक बस्दैछ । बैठक सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको हो । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक बैठक बोलाएका हुन् । बैठक केहीबेर अघि सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । बैठकमा पार्टीको...
गगन थापाले गरे महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा
काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले महामन्त्री पदको लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नम्वर २० को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता थापाले पार्टीको आगामी हुने १४ औं महाधिवेशनमा महामन्त्री पदको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । थापाले १३ औं महाधिवेशनमा पनि...
मकवानपुरमा २४ घण्टामा थपिए ३१ जना संक्रमित
मकवानपुर । पछिल्लो २४ घण्टामा मकवानपुरमा ३१ जना कोरोनाका संक्रमित थपिएका छन् भने १० जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा १ सय जनामा पिसिआर र २ सय ७३ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३० जना र एक जना गरी थप ३१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय...
बागमती प्रदेश सरकारले थप चार वटा कार्यालय विस्तार गर्ने
मकवानपुर । बागमती प्रदेश सरकारले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरग थप ४ वटा कार्यालयहरु विस्तार गर्ने गरेको छ । प्रदेशमा वन मन्त्रालय अन्तरगतको बाढीपहिरो नियन्त्रणका लागि ३ वटा भू तथा जलाधार संरक्षण कार्यालय र पर्यटन क्षेत्रको विकासको काम गर्दै आएको पर्यटन विकास आयोजना उपशाखा गरी ४ वटा...
सबै प्रदेशमा स्त्री रोगसम्बन्धी सेवा विस्तार गर्ने : राज्यमन्त्री श्रेष्ठ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सबै प्रदेशमा प्रसूति तथा स्त्री रोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सोमबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै देशभरका सात वटै प्रदेशमा स्त्री रोग अस्पताल निर्माण गरेर सेवा विस्तार गर्ने बताएका...










