भैसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध
मकवानपुर । मकवानपुरको भैसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।
आज दिउँसोदेखि भीमफेदी गाउँपालिका वडा नम्वर २ स्थित माथिबाट लेदो माटोसहित खसेको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको हो ।
पहिरोका कारण हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौंलगायत विभिन्न स्थानमा जाने र हेटौंडातर्फ आउने सवारीसाधनहरु करिब ३ घण्टादेखि जाममा परेका छन् ।
पहिरो हटाउने कार्य भइरहेको छ ।
उक्त स्थानमा यसअघि पनि पटक–पटक पहिरो जाने गरेको थियो ।

