समाचार

कारबाहीमा परेका १४ सांसदको पद नजाने

काठमाडौं । नेकपा एमालेले कारबाही गरेको १४ सांसदको पद नजाने भएको छ । एमालेले कारबाही गरी उनीहरुलाई पदमुक्त गर्न संसद सचिवालयमा जानकारी गराए पनि संसद सचिवालयले उनीहरु अर्कै दल दर्ता गरी आएकाले पद नजाने जनाएको हो । गत भदौं १ गते नेकपा एमालेले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको...

झलनाथ खनालको उपचार खर्च फिर्ताको माग

काठमाडौं । विद्यार्थी संगठन अखिल छैठौंका अध्यक्ष तथा अधिवक्ता विमल पोखरेलले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सरकारले दिएको उपचार खर्च फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विमल पोखरेलले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका हुन् । उनले...

थप २२६० जना कोरोना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टा थप एक हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार २ सय ९७ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा एक हजार ३८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७...

नेपाली ९ करोड रुपैयाँ बराबरको कोकिनसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले ९ करोड नेपाली रुपैयाँ बराबरको कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले नेपाली ९ करोड रुपैयाँ बराबरको २ किलो ९६६ ग्राम कोकिनसहित तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोलाई र दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंहलाई पक्राउ गरेको हो । प्रहरीको लागू...

गुडिरहेको मोटरसाइकलमाथि ढुङ्गा खस्दा चालकको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ बिपी राजमार्गअन्तर्गत कटुञ्जेस्थित सडकमा गुडिरहेको मोटरसाइकलमा माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान धुलिखेलबाट जनकपुरतर्फ जाँदै गरेको ज ८ प ७४९० नं को मोटरसाइकलमा माथिबाट बसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा महोत्तरीको...

मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६१ पुग्यो, कहाँ कति ?

मकवानपुर । मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १६१ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १६१ जना पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४...

आज नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घट्यो

काठमाडौं । आज साताको पहिलो आइतबार नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घटेको छ । आज नेपसे परिसूचक ४९ दशमलव १८ अंकले घटेर ३ हजार ४४ दशमलव ८७ विन्दुमा कायम भएको छ । आज २२७ कम्पनीको २ करोड ४६ लाख ५ हजार ९८४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब...

एमाले र जसपाका जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले भदौ २२ गतेसम्मद ल रोज्न पाउने भएका छन् । निर्वाचन आयोगले नेकपा एमाले र जसपाबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको हो । आयोगको आज (आइतबार)...

विमानस्थलमा कार्यरत प्रहरीका असई र जवान पक्राउ

काठमाडौं । काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत असई र प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी सहायक निरीक्षक (असई) सञ्जीव बस्नेत र प्रहरी जवान सुरज खड्का रहेको महानगरी प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, उनीहलाई प्रहरी वृत बौद्धबाट...

नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । आज (आइतबार) संसद भवन बानेश्वरमा बसेको दलको बैठकले नेपाललाई दलको नेता चयन गरेको हो । नेकपा एमालेबाट अलग भएर नेता नेपालको अध्यक्षतामा गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको थियो...