नेपाली ९ करोड रुपैयाँ बराबरको कोकिनसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०७८ भाद्र १३, आईतवार १७:३८

काठमाडौं । प्रहरीले ९ करोड नेपाली रुपैयाँ बराबरको कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले नेपाली ९ करोड रुपैयाँ बराबरको २ किलो ९६६ ग्राम कोकिनसहित तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोलाई र दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंहलाई पक्राउ गरेको हो ।

प्रहरीको लागू औषध नियन्त्रण ब्‍यूरोले आइतबार पत्रकार सम्‍मेलन गरेर तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोलाई सिन्धुलीको खुर्कोटबाट र ई दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएको हो।

कतार एयरलाइन्सबाट आएका दक्षिण अफ्रिकी नागरिकले भारतीय नागरिकलाई उक्त कोकिन दिन लागेको भन्‍ने सूचनाको आधारमा पक्राउ गरिएको ब्‍यूरोले जनाएको छ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।