आज नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घट्यो

तु खबर संवाददाता
२०७८ भाद्र १३,आईतवार १६:०६

काठमाडौं । आज साताको पहिलो आइतबार नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घटेको छ ।

आज नेपसे परिसूचक ४९ दशमलव १८ अंकले घटेर ३ हजार ४४ दशमलव ८७ विन्दुमा कायम भएको छ ।

आज २२७ कम्पनीको २ करोड ४६ लाख ५ हजार ९८४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ४८ करोड ३६ लाख ८७ हजार ९४४ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेको १३ उपसूचकमध्ये आज फाइनान्स समूहमा २१ दशमलव ८८ अंकले बृद्धि भएको छ ।

त्यस्तै, आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको एकैदिन १ अर्ब ३१ करोड ८३ लाख ४४ हजार ७७८ रुपैयाँको कारोबार भएको हो ।

साथै आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।