विमानस्थलमा कार्यरत प्रहरीका असई र जवान पक्राउ
काठमाडौं । काठमाडौंको बौद्ध बस्ने एक महिलासँग घुस लिएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत असई र प्रहरी जवान पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्रहरी सहायक निरीक्षक (असई) सञ्जीव बस्नेत र प्रहरी जवान सुरज खड्का रहेको महानगरी प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार, उनीहलाई प्रहरी वृत बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनीहरुले बौद्धकी एक महिलालाई ‘तपाइँसँग लागु औषध रहेको सुचना पाएका छौं, पैसा नदिए पक्राउ गर्छौं’ भनेर ९० हजार घुस लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाइएको छ ।
पक्राउ परेका उनीहरुलाई विभागीय कारवाही गरिने जनाइएको छ ।
