वाईसीएलको अध्यक्ष छान्ने जिम्मेवारी प्रचण्डलाई

तु खबर संवाददाता
२०७८ भाद्र १४, सोमबार १८:३४
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्रले भ्रातृ संगठन वाईसीएलको अध्यक्ष छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।

सोमबार बसेको स्थायी समिति बैठकले उक्त जिम्मेवारी प्रचण्डलाई दिएको एक स्थायी समिति सदस्यले जनाएको छ ।

गत शनिबारबाट सुरु भएको वाईसीएलको भेलाले अध्यक्षमा सहमति जुटाउन नसकेपछि पार्टीको बैठक बसेको थियो ।

अध्यक्षमा सुवोधराज शेर्पाली र सुमन देवकोटाले दाबेदारी प्रस्तुत गरेका छन् ।