१२२२२ को नमुना परीक्षण गर्दा १६६४ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ भाद्र १५, मंगलवार १७:५७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २२२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ११७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५२३ र ३ हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा १४१ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, आज देशभर एक हजार ७८६ जना संक्रमणमुक्त भएका छन् भने २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३३ हजार २१४ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा दुई हजार ३७७ संक्रमित छन् भने ५३७ जना आइसियुमा र १६४ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ३२९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।