मकवानपुरमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७८ भाद्र १५, मंगलवार १६:४४
filr-photo

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा १३२ जनाको कोरोना पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा ७६ जनाको पीसीआर परीक्षण गर्दा ३७ जनामा र ५६ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मकवानपुरको आजको कोरोना संक्रमित दर ३३ प्रतिशत रहेको छ।

यससँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या १४ हजार ८ सय जना रहेका छन् । तीमध्ये हालसम्म ४ हजार २ सय ७३ जना संक्रमणमुक्त भएका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी , जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १६१ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा भने कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।