हेटौंडाका तीन जना प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७८ भाद्र १५, मंगलवार १८:३४

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध खैरोहेरोईनसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लागऔषध खैरोहेरोइन २५० मिलिग्रामसहित हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ बाट तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हेटौंडा–५ बस्ने ३२ वर्षीय एन्जल मास्के, हेटौंडा–१४ बस्ने ३० वर्षीय सरोज डंगोल र हेटौंडा–१ बस्ने ३४ वर्षीय सुशिल कुमार लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, आज (मंगलबार) विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले हेटौंडा–५ बस्ने मास्केको घरकोठा चेकजाँच गर्दा निजको साथबाट उक्त परिणामको लागूऔषध फेला परेपछि निजसहित डंगोल र लामालाई पक्राउ गरेको हो । डंगोल र लामा मास्केको कोठामा आएका थिए ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको मकवानपुर प्रहरीले जनाएको छ ।