अखिल क्रान्तिकारी मकवानपुर क्याम्पसद्वारा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी सम्मानित

तु खबर संवाददाता
२०७८ भाद्र १६, बुधबार ०७:४८

मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस इकाई कमिटीले विभिन्न संकायमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

अखिल क्रान्तिकारी मकवानपुर क्याम्पस इकाई कमिटीले मंगलबार एक कार्यक्रमको आयोजना गरी क्याम्पसबाट २०७७ सालमा नेपाल प्रथम तथा विभिन्न संकायबाट उच्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

कमिटीले क्याम्पसमा अध्ययनरत बीबीएम, बीबीए, बीए र एमएमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान गरेको कमिटीका अध्यक्ष छोइसाङ लामाले जानकारी दिए ।

कार्यक्रम अध्यक्ष लामाका सभाध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यतामा भएको हो ।

नेपाल क्रान्तिकारी प्रयाक्सन इन्चार्ज मिना लामाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख डा.शंकर प्रसाद उपाध्याय, केन्द्रीय सदस्य क्याम्प्पस सहायक प्रमुख रामचन्द्र अधिकारी, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य पबिना लामा, जिल्ला उपाध्यक्ष रोजल तामाङ कोर्डिनेटर मधु कुमार सिं, कुमारबहादुर कसी, स्वबियु सभापति तथा अखिल क्रान्तिकारी हेटौंडा नगर अध्यक्ष झलक छत्कुलि, अखिल क्रमन्तिकारी भीमफेदीको अध्यक्ष सफल बर्तौलाको अतिथि रहेको थियो ।