समाचार
आज नेप्से ७० अंकले घट्यो, ५ अर्ब ७४ करोडमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन पनि नेप्से परिसूचक घटेको छ । आइतबार र सोमबार उच्च अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि घटेको हो । आज नेप्से परिसूचक ७० अंकले घटेर २ हजार ६ सय १५ दशमलव ४० विन्दु कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ...
कांग्रेस हेटौंडा–१५ द्वारा जर्सी सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित २ वटा फुटबल टिमलाई जर्सी सहयोग गरिएको छ । उक्त टिमलाई सोमबार एक कार्यक्रमबीच नेपाली हेटौंडा–१५ ले करिब ३५ हजार बराबरको ३ सेट फुटबल जर्सी सहयोग गरेको हो । कांग्रेस हेटौंडा–१५ का सभापति नवराज घलानका अनुसार, चित्रेपानी टोलका खेलाडी टिमलाई १...
ट्रकले ठक्कर दिँदा आमा छोराको मृत्यु
बुटवल । रुपन्देहीमा ट्रकले ठक्कर दिँदा आमा छोराको मृत्यु भएको छ । मंगलवार विहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैनाको बुद्धनगरमा ट्रकले ठक्कर दिँदा आमा–छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरका ३८ वर्षीया आमा राधा भट्टराई र उनका छोरा १८ वर्षीय महेश भट्टराईको मृत्यु भएको प्रहरीले जानकारी...
खोरभित्र बाँधिएका २३ बाख्रा चितुवाले मार्यो
बर्दिया । जिल्लाको गुलरिया नगरपालिका वडा नम्वर ५ सन्तोषी टोलस्थित बृस पशुपक्षी तथा बाख्रापालन फर्मका २३ बाख्रा चितुवाले मारेको जनाइएको छ । खोरभित्र बाँधिएको २३ बाख्रालाई चितुवाले मारेकोको कारण ३ लाख बराबरको क्षति भएको पीडित पक्षले बताएको छ । नजिकैको सामुदायिक वनबाट आएको चितुवा राति एक्कासी आएर सबै बाख्रा...
नेपाल रेडक्रस सोसाइटीलाई एक लाख मात्रा भेरोसेल खोप प्रदान
मकवानपुर । चिनियाँ रेडक्रस सोसाइटीले नेपाल रेडक्रस सोसाइटीलाई एक लाख मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप सहयोग उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई सोसाइटीका पदाधिकारिले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो खोप हस्तान्तरण गरेका हुन् । सो अवसरमा सोसाइटीका महामन्त्री पिताम्बर अर्याल र कार्यकारी निर्देशक उमेश ढकालले सोसाइटीका...
खोलाले बगाएर ९ बर्षीया बालिकाको मृत्यु
काठमाडौँ । इलामको फाकफोकथुम र देउमाईबीचको मैदाने नामको खोलाले बगाएर एक जना बालिकाको ज्यान गएको छ । देउमाई –१ चमैता मावली घरमा बसेर पढ्दै आएकी ९ बर्षीया सागरिका राईको मृत्यु भएको प्रहरीले जनाएको छ । फाकफोकथुम गाउँपालिका–६ स्थित फलाँटे माविमा कक्षा–४ मा अध्ययनरत बालिका सोमबार विद्यालयबाट फर्किँदै गर्दा खोलाले...
बैंकिङ कसूर मुद्दामा फरार प्रतिवादी पक्राउ
मकवानपुर । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जन्तेढुंगा गाउँपालिका–३ खोटाङ स्थायी घर भइ हाल काठमाडौं कपनमा बस्दै आएका २६ वर्षीय खगेन्द्र खत्री रहेका छन् । उनलाई सोही स्थानबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ । उच्च अदालत पाटनले २०७७ पुस...
सोमबार विराटनगरमा अवतरण हुन नसकेको जहाजलाई संचालनको अनुमति
मकवानपुर । प्राविधिक समस्या देखिएको भन्दै सोमबार विराटनगरमा अवतरण नगरी काठमाडौँ फर्किएको बुद्ध एयरको जहाज मंगलबार बिहानैबाट संचालनमा आएको छ । सोमबार काठमाडौं विमानस्थलमा अवतरण भएसँगै बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले सो जहाजको चेकजाँच गरेका थिए । चेकजाँचका क्रममा जहाजमा ‘गडबडी नभएको’ पुष्टि भएसँगै प्राधिकरणले...
विभिन्न मागसहित मकवानपुर क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र
मकवानपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववीयू) मकवानपुर क्याम्पसले विभिन्न माग गर्दै आज (मंगलबार) क्याम्पस प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । अनरास्ववीयूले रिभिजन कक्षा संचालन गर्न, सेनिटाइजर र मास्कको उचित व्यवस्थान गर्न र नियमित कक्षा संचालनको माग गर्दै क्याम्पस प्रमुख शंकर उपाध्यायलाई ध्यानाकषर्ण पत्र बुझाएको हो ।...
भीमफेदी–कुलेखानी सुरुङमार्ग: सर्वसाधारण जनताको करोडौँ लगानी बालुवामा पानी
मकवानपुर । भीमफेदी– कुलेखानी सुरुङमार्ग निर्माणको कार्य अघि बढ्न नसक्दा बर्षौँअघि पूर्वाधार विकास कम्पनी लिमिटेडले सर्वसाधारण जनतासंग उठाएको करोडौँ रुपैयाँ बालुवामा पानी भएको छ । कम्पनीका संचालक कुशकुमार जोशी, सिद्धिलाल श्रेष्ठ र एमाले नेता सुवासचन्द्र ठकुरीसमेतले सुरुङ्मार्गलाई देखाएर बर्षौँअघि स्थानीय जनताबाट करिब ३१ करोड रुपैयाँ संकलन गरेका थिए ।...









