सोमबार विराटनगरमा अवतरण हुन नसकेको जहाजलाई संचालनको अनुमति

तु खबर संवाददाता
२०७८ आश्विन १२,मंगलवार ११:४१
file-photo

मकवानपुर । प्राविधिक समस्या देखिएको भन्दै सोमबार विराटनगरमा अवतरण नगरी काठमाडौँ फर्किएको बुद्ध एयरको जहाज मंगलबार बिहानैबाट संचालनमा आएको छ । सोमबार काठमाडौं विमानस्थलमा अवतरण भएसँगै बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले सो जहाजको चेकजाँच गरेका थिए ।

चेकजाँचका क्रममा जहाजमा ‘गडबडी नभएको’ पुष्टि भएसँगै प्राधिकरणले उडान अनुमति दिएको बताइएको छ । सोमबार बिहान ७३ यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर उडेको सो जहाज अवतरण गर्ने क्रममा एक इन्डिकेटरले दायाँतर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको थियो । आकाशमा करीब दुई घण्टा फन्को मारेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सामान्य अवस्थामा अवतरण भयो । जहाजमा गडबढी नभएको प्राविधिक रिपोर्ट आएपछि संचालनको अनुमति दिइएको जनाइएको छ ।