समाचार
आजको मौसम : वर्षाको सम्भावना
मकवानपुर । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, राती देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित...
राष्ट्रपतिद्वारा जितिया पर्वको शुभकामना
काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले जितिया पर्वको अवसरमा देश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएकी छन् । राष्ट्रपटि भण्डारीले बुधबार शुभकामना सन्देश जारी गर्दै भौगोलिक‚सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने जितिया पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने बताएकी हुन् । यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚...
माओवादी मनहरी–२ को अध्यक्षमा पुनः स्याङ्बो
मकवानपुर । नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिका वडा नम्वर २ को अध्यक्ष राजकुमार स्याङ्बो चयन भएको छ । मंगलबार भएको पार्टीको वडा सम्मेलनबाट स्याङ्बोलाई पुनः अध्यक्षमा चयन गरेको नेकपा माओवादी मनहरी इन्चार्ज राकुमार पाख्रिनले जानकारी दिए । उनका अनुसार, सम्मेलनले स्याङ्बोको संयोजकत्वमा २९ सदस्यीय कमिटी गठन गरेको छ ।...
हेटौंडा उपमहानगरपालिकाद्वारा ७१३८ विद्यार्थीलाई सियुजी सिम
मकवानपुर । मकवानपुरका ७ हजार १ सय ३८ जना विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिकाले सियुजी सिम उपलब्ध गराएको छ । जिल्लाको १० पालिकाहरुमा इन्टरनेटको पहुँच नपुगेका ठाउँहरुमा सियुजी सेवा उपलब्ध गराएको हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काले जानकारी दिए । पालिकाहरुमध्ये मकवानपुरगढी गाउँपालिकाले मात्र उक्त सिम प्रयोगमा ल्याएको...
एमाले फुटेको भाँडो जस्तै हो : मोक्तान
मकवानपुर । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानले एमाले पार्टी फुटेको भाँडो जस्तै भएको बताएकी छन् । उनले फुटेको भाँडोको मूल्य र मुल्यांकन जनताले बेग्लै तरिकाले गर्ने बताउँदै एमाले फुटेको भाँडो जस्तै भएको बताएकी हुन् । मंगलबार भीमफेदी गाउँपालिका–९ को पार्टी वडा सम्मेलनलाई सम्बोधन...
खोलाले बगाउँदा मकवानपुरकी बालिकाको मृत्यु
मकवानपुर । मकवानपुरको राक्सिराङमा गिरखे खोलाले बगाउँदा १२ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्वर ८ की मनिता माया थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खोलाले बगाउँदा उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार, राक्सिराङ–७ स्थित देवीटार माध्यमिक विद्यालयमा कक्षा...
परराष्ट्रमन्त्री खड्को शपथ बदर गर्न सर्वोच्चमा रिट दर्ता
काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ । मंगलबार अधिवक्ता विशाल न्यौपानले मन्त्री खड्काको शपथ कानुनी व्यवस्था र कानुनी स्रोतबिनै भएको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन् । गत असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण...
थप ११५८ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...
वीरगंजबाट पक्राउ परे हेटौंडाका श्रेष्ठ
वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छली ल्याएको अबैध मेडिकल तथा किरानाको सामानसहित हेटौंडा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका वडा नं.१४ स्थित गण्डक चोकबाट भन्सार छली अवैध रुपमा नेपाल भित्र्याई रहेको अवस्थामा ६५ लाख रुपैयाँ मुल्य बराबरको मेडिकल तथा किराना पसलसहित एक जनालाई...
मकवानपुरमा थप १९ जनामा कोरोना पुष्टि, कुल संख्या १५२२९ पुग्यो
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १९ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५६ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, ४९ को पीसीआर र ७ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा...










