वीरगंजबाट पक्राउ परे हेटौंडाका श्रेष्ठ

तु खबर संवाददाता
२०७८ आश्विन १२, मंगलवार १६:३३
सांकेतिक तस्बिर

वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छली ल्याएको अबैध मेडिकल तथा किरानाको सामानसहित हेटौंडा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका वडा नं.१४ स्थित गण्डक चोकबाट भन्सार छली अवैध रुपमा नेपाल भित्र्याई रहेको अवस्थामा ६५ लाख रुपैयाँ मुल्य बराबरको मेडिकल तथा किराना पसलसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ बस्ने ३१ वर्षीय नवीन कुमार श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई भन्सार छलिको समान ल्याउन प्रयोग गरिएको ग २ ख ००२५ नम्बरको मालवाहक ट्रकसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।