खोलाले बगाउँदा मकवानपुरकी बालिकाको मृत्यु

तु खबर संवाददाता
२०७८ आश्विन १३, बुधबार ०७:५६

मकवानपुर । मकवानपुरको राक्सिराङमा गिरखे खोलाले बगाउँदा १२ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्वर ८ की मनिता माया थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खोलाले बगाउँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार, राक्सिराङ–७ स्थित देवीटार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्यनरत उनलाई मंगलबार दिउँसो खाना खान घर जाने क्रममा खोलाले बगाएको थियो । सोही खोलाले उनीसँगै अन्य दुई जनालाई पनि बगाएको थियो । उनीहरु भने पौडी खेलेर तैरिएको र मृतक बालिकाको शव घटनास्थल भन्दा केही तल भेटिएको मकवानपुर प्रहरीले जनाएको छ ।