हेटौंडा उपमहानगरपालिकाद्वारा ७१३८ विद्यार्थीलाई सियुजी सिम

तु खबर संवाददाता
२०७८ आश्विन १३, बुधबार ०८:२७

मकवानपुर । मकवानपुरका ७ हजार १ सय ३८ जना विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिकाले सियुजी सिम उपलब्ध गराएको छ । जिल्लाको १० पालिकाहरुमा इन्टरनेटको पहुँच नपुगेका ठाउँहरुमा सियुजी सेवा उपलब्ध गराएको हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काले जानकारी दिए ।

पालिकाहरुमध्ये मकवानपुरगढी गाउँपालिकाले मात्र उक्त सिम प्रयोगमा ल्याएको उनले बताए । संघीय सरकारबाट अनुदान प्राप्त २६ लाख ७६ हजार ६ सय २५ रुपैयाँको बजेटबाट विद्यार्थीलाई सिम उपलब्ध गराइएको हो । यो सुविधार सरकारले ३ महिनाको लागि मात्र दिएको थियो । १ सय २५ रुपैयाँका दरले २३ वटा विद्यालयमा सियुजी सिम उपलब्ध गराएको उनले बताए ।

विद्यार्थीहरुले गृहकार्य, परियोजना लगायतका कार्यहरुसहजै रुपमा मोबाइलको सिमबाट गर्न सकिने उनले बताए । उनका अनुसार, जिल्लाका विभिन्न विद्यालयमा कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुले उक्त सिमको प्रयोग गर्न दिएको थियो ।