आजको मौसम : वर्षाको सम्भावना

तु खबर संवाददाता
२०७८ आश्विन १३, बुधबार ०९:५१
file photo

मकवानपुर । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राती देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले छ । बंगालको खाडीको उत्तर पश्चिम भु–भाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको छ । हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली भई एकदुई स्थानमा वर्षा भईरहेको छ ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । भक्तपुरको सल्लाघारीमा भारतीय टेलरले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका–३ बालकोटका ४५ वर्षीय गणेश रजौरा रहेका छन् ।

सल्लाघारी चोकबाट थिमितर्फ जान लागेको आरजे ०२ जिबि १०१७ नम्बर प्लेटको गाडीले प्रदेश ३–०२–००८ प २५०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । सोही दुर्घटनामा परी सवार मध्यपुरथिमि नगरपालिका–३ कौशलटारका २८ वर्षीय अमृत सिलवाल सामान्य घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।