ट्रकले ठक्कर दिँदा आमा छोराको मृत्यु

तु खबर संवाददाता
२०७८ आश्विन १२, मंगलवार १४:५५
सांकेतिक तस्वीर

बुटवल । रुपन्देहीमा ट्रकले ठक्कर दिँदा आमा छोराको मृत्यु भएको छ । मंगलवार विहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैनाको बुद्धनगरमा ट्रकले ठक्कर दिँदा आमा–छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरका ३८ वर्षीया आमा राधा भट्टराई र उनका छोरा १८ वर्षीय महेश भट्टराईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना ८ ख् ४४११ नम्वरको ट्रकले सडकमा बस पर्खिरहेका आमाछोरालाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।