कांग्रेस हेटौंडा–१५ द्वारा जर्सी सहयोग

तु खबर संवाददाता
२०७८ आश्विन १२, मंगलवार १५:१३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित २ वटा फुटबल टिमलाई जर्सी सहयोग गरिएको छ । उक्त टिमलाई सोमबार एक कार्यक्रमबीच नेपाली हेटौंडा–१५ ले करिब ३५ हजार बराबरको ३ सेट फुटबल जर्सी सहयोग गरेको हो ।

कांग्रेस हेटौंडा–१५ का सभापति नवराज घलानका अनुसार, चित्रेपानी टोलका खेलाडी टिमलाई १ सेट तथा शिखरपानीस्थित खेलाडी टिमलाई २ सेट गरी ३ सेट फुटबल जर्सी सहयोग गरेको हो । युवाहरूको स्वास्थ्य र स्थानीय खेलकुद क्षेत्रको विकास होस् भन्ने उद्देश्यले जर्सी सहयोग गरिएको उनले बताए । स्थानीय खेलकुदको विकासको लागि आगामी दिनमा पनि यस किसिमको सहयोगमा निरन्तरता दिइने काँग्रेस वडा कमिटी सभापति घलानले बताएका छन् ।