खोरभित्र बाँधिएका २३ बाख्रा चितुवाले मार्यो

तु खबर संवाददाता
२०७८ आश्विन १२, मंगलवार १४:४७

बर्दिया । जिल्लाको गुलरिया नगरपालिका वडा नम्वर ५ सन्तोषी टोलस्थित बृस पशुपक्षी तथा बाख्रापालन फर्मका २३ बाख्रा चितुवाले मारेको जनाइएको छ । खोरभित्र बाँधिएको २३ बाख्रालाई चितुवाले मारेकोको कारण ३ लाख बराबरको क्षति भएको पीडित पक्षले बताएको छ ।

नजिकैको सामुदायिक वनबाट आएको चितुवा राति एक्कासी आएर सबै बाख्रा मारेको पौडेलले बताए । सूचना प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी जाँदा सम्पूर्ण खसी तथा बाख्रा मृतावस्थामा फेला परेका र अन्य विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।