चितुवा मृत फेला

रासस
२०७७ पुष ६, सोमबार ०९:२६

बलेवा । बागलुङ नगरपालिका–१३ पैयुँपाटाको जलजला भन्ने ठाउँमा मृतावस्थामा चितुवा भेटिएको छ।

वयस्क भाले चितुवा आज जलजलाको खरबारीमा मृत भेटिएको डिभिजन वन कार्यालय बागलुङका प्रमुख मुकुन्द अधिकारीले बताए।

ुबिहान स्थानीयवासीले खबर गर्नुभयो, खरबारीमा मृत चितुवा उहाँहरूले देख्नुभएको रहेछु, अधिकारीले भने, ुवन कार्यालयको टोलीले मृत चितुवा उठाएर ल्यायो।ु

के कारणले चितुवा मर्‍यो भन्न नसकिएको उनले बताए।

चितुवाका शरीरमा कुनै चोटपटक छैन।

मृत्युको कारण पत्ता लगाउन शवपरीक्षण गरिएको र रिपोर्ट आउन बाँकी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*