चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको मृत्यु

तु खबर संवाददाता
२०७९ जेष्ठ १३, शुक्रबार ०८:४९

अर्घाखाँची । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट ७ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका ४ अमलडाँडाका सम्राट नेपाली रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रहरीका अनुसार, नेपालीलाई बिहीबार साँझ चितुवाले घरबाटै समातेको हो । चितुवाको आक्रमणमा परेर बेपत्ता भएका बालकको स्थानीय र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले खोजी गर्ने क्रममा घरबाट करिब एक किमीको दुरीमा छिन्नभिन्न अवस्थामा शव फेला परेको हो ।