चितुवाको आक्रमणबाट बालकको मृत्यु

तु खबर संवाददाता
२०७९ कार्तिक १६, बुधबार ०८:४३
file photo

तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट मंगलबार साँझ एक जना बालकको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट जिल्लाको व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरको ८ वर्षीय छोरा अभिनम कुँवरको मृत्यु भएको हो ।

घरदेखि तल रहेको गोठमा साँझपख हजुरआमाले भैँसी दुहिरहेकी र बालक गोठको ढोकामा बसिरहेको अवस्थामा चितुवाले तानेर लगेको प्रहरीले जनाएको छ ।

गोठदेखि करिब एक सय मिटर तल लगेपछि मानिसले हल्लीखल्ली गरेपछि चितुवाले बालकलाई छाडेर गएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । प्रहरी र वनका कर्मचारी लगायतको टोली घटनास्थलमा पुगेर घटनास्थलको मुचुल्का उठाएर शव दमौली अस्पतालमा पठाइएको जनाइएको छ ।