चितुवाको आक्रमणबाट एकै परिवारका पाँच जना घाइते

तु खबर संवाददाता
२०७९ असार ३०, बिहीबार ०९:३९
file photo

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्वर ८ भीमढुङ्गास्थित हर्साखोलामा चितुवाको आक्रमणबाट एकै परिवारका पाँच जना घाइते भएका हुन् ।

गएराती १ बजे हर्सनखोला बस्ने ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसि चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । घाइते पाँचै जनाको काठमाडौंको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरू सामान्य बोल्न सक्ने अवस्थामा रहेको अस्पतालले जानकारी दिएको छ ।