समाचार
सवारीसाधनसँग तर्सिएर दर्जन बढी भेडाबाख्रा मरे
मनाङ । सवारीसाधनसँग तर्सिएर भाग्दा मनाङमा दर्जन बढी भेडाबाख्रा मरेका छन् । हिमाली क्षेत्रमा चिसो बढेसँगै भेडिगोठबाट बेँसी झर्ने क्रममा नासों गाउँपालिका–३ खोत्रोमा सवारीसाधनसँग तर्सिएर भाग्दा भीरबाट मस्र्याङ्दी नदीमा खसेर भेडाबाख्रा मरेका हुन् । सदरमुकाम चामे गाउँपालिका–१ र २ का नरेन्द्र घले, नन्दबहादुर गुरुङ र नलबहादुर गुरुङ लगायतले सञ्चालन...
नेपालमा एचआइभी एड्सको सङ्क्रमण दर घट्दो
काठमाडौँ । नेपालमा एचआइभी एड्स सङ्क्रमण दर घटेको एक अध्ययनले देखाएको छ । विगत १० वर्षको तथ्याङ्क हेर्दा सङ्क्रमण दर घटेको अध्ययनले देखाएको हो । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा आज यहाँ आयोजित ‘नेपालमा एचआइभी र एड्सको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा १० वर्षको...
एमाले महाधिवेशन: पदाधिकारीमा पूर्वमाओवादीका ३ जना निर्वाचित
चितवन । नेकपा एमालेको १० औं महाधिवेशनबाट पूर्वमाओवादीबाट आएका ३ जना पदाधिकारीमा निर्वाचित भएका छन् । भर्खरै सम्पन्न निर्वाचनको मत परिणामअनुसार उपाध्यक्षमा रामबहादुर थापा बादल तथा सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट निर्वाचित भएका छन् । उनीहरुको नाम एमाले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा पेश गरेका थिए । एमालेकै...
एमाले महाधिवेशन: सचिवमा भीम आचार्य र टंक कार्की पराजित
चितवन । नेकपा एमालेमा सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् । छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र कंक कार्की भने पराजित भएका छन् । गोकर्णले १९७६...
उपाध्यक्षमा भुसाल पराजित, शाक्यको सबैभन्दा धेरै मत
चितवन । नेकपा एमालेको उपाध्यक्ष पदमा घनश्याम भुसाल पराजित भएका छन् । उनी ७३५ मतका साथ पराजित भएका हुन् । ६ जना उपाध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी परेकामध्ये भुसालले सबैभन्दा कम मत प्राप्त गरेका हुन् । यस्तै, सोही पदमा उम्मेदवारी दिएकी अष्टलक्ष्मी शाक्य भने...
एमाले महाधिवेशन: भीम रावलले पाए २२३ मत
चितवन । नेकपा एमालेका अध्यक्ष पदको निर्वाचनमा डा. भीम रावलले २२३ मत पाएका छन् । अर्का उम्मेदवार केपी शर्मा ओलीले १ हजार ८ सय ८ मत पाएर अध्यक्ष निर्वाचित हुँदा रावलले भने २२३ मत प्राप्त गरेका हुन् । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको...
एमाले अध्यक्षमा केपी ओली निर्वाचित
चितवन । नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा भएको निर्वाचनमा ओली पुनः निर्वाचित भएका हुन् । आज (मंगलबार) बिहान भएको मतदानको मत परिणाम अनुसार ओली भारी मतले अध्यक्ष पदमा विजयी भएका हुन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार,...
विमानस्थलबाट २१ किलो सुन बरामद
काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थलबाट एकैदिन बाला आकारको २१ किलो सुन बरामद भएको छ । विमानस्थलमा भन्सारका कर्मचारीले विदेशबाट फर्किनेहरूले ल्याएको बाला आकारको २१ किलो सुन बरामद गरेका हुन् । सोमबार खाडी मुलुकबाट फर्किनेहरूले बालाको स्वरूप बनाएर ल्याएका उक्त परिणामको सुन भन्सार कर्मचारीले बरामद गरेका हुन् । काँचो सुनलाई बाला...
नेकपा एमाले केन्द्रीय समितिको पहिलो बैठक सौराहामा नै बस्ने
चितवन । नेकपा एमालेको १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक चितवनको सौराहामा नै बस्ने भएको छ । पार्टीका नेता विष्णु रिजालका अनुसार, मंगलबार निर्वाचन समितिले अन्तिम मतपरिणाम दिएपछि नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक सौराहामा नै बस्ने भएको हो । नेकपा एमालेको नयाँ नेतृत्व चयनका...
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका अध्यक्षमा क्षेत्री
सउल । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको छैटौँ अधिवेशनले भजिन्द्र क्षेत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपसभापतिद्वयमा लक्ष्मण दाहाल, जीतेन्द्र महता, महामन्त्रीद्वयमा मित्रबन्धु काफ्ले, रामप्रसाद उप्रेती, सहमहामन्त्रीद्वयमा पर्शुराम पौडेल, विकास मल्ल चयन भएका छन् । यसैगरी रुपेश कडेल, दिलबहादुर मडै, प्रकाश देवकोटा, बालकृष्ण वान्तवा,...






