समाचार

सुनचाँदीका मूल्यमा सामान्य गिरावट

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ४००...

माछामा आत्मनिर्भर हुँदै दाङ

देउखुरी । दाङमा पछिल्लो समय माछापालन व्यवसाय फस्टाउँदै गएको छ । पोखरी बनाएर व्यावसायिकरूपमा माछापालनमा जोड दिइएको छ । पर्याप्त आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको छ । व्यावसायिकरूपमै माछापालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकामा माछापालन फस्टाएको छ ।...

बस दुर्घटनामा चालकको मृत्यु

काठमाडौँ । पोखरा–बागलुङ सडकखण्डमा आज बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा आठ यात्रु घाइते भएका छन् ।भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको लु१ख ७७६६ नंको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुर घुम्तीस्थित पोखरा–बागलुङ सडकखण्डमा सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो । दुर्घटनामा पाल्पा घर भएका चालक ४५ वर्षीय...

एमाले महाधिवेशन: मत परिणाम ४ घण्टाभित्र सार्वजनिक हुने

चितवन । एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदान बिहान साढे १० बजे सम्पन्न भएको हो । मतदान सम्पन्न भएको चार घण्टाभित्र परिणाम आउने निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिए । मतगणना १ बजेबाट सुरु हुने जनाइएको...

‘निर्वाचन भएकोमा खुशी छु, तर मतदानका क्रममा आचारसंहित विपरितको गतिविधि गरियो’

मकवानपुर । नेकपा एमालेका नेता एवम् अध्यक्ष पदका उम्मेदवार डा. भीम रावलले नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएकोमा खुशी व्यक्त गर्दै निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने सबैमा धन्यवाद दिएका छन् । उनले मतदानका क्रममा आचारसंहिता विपरितको गतिविधि भएको भन्दै आपत्तीसमेत जनाए । उनले समूहगत सूची वितरण गरिएको प्रति आफूले...

एमाले महाधिवेशन : सकियो मतदान

चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन भर्खरै सकिएको छ । करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिको अनुमान छ । तर, मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन भने बाँकी छ । निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक...

हुम्लामा हेलिकोप्टरमा खाद्यान्न ढुवानी

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमबारदेखि खाद्यान्न ढुवानी थालिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहनुका साथै लिमीका लागि खाद्यान्न ढुवानी नभएपछि यहाँ भोकमारीको...

मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताएका छन् । चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्यक रहेकाले शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताए । “शिक्षामा आएका दरार हटाउँदै, समान शिक्षाका...

विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन मन्त्री आलेको निर्देशन

धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको धावन मार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । धनगढी विमानस्थलको सोमबार निरीक्षण गर्दै उनले आवश्यक जग्गा अधिग्रहणको प्रक्रियासहितको फाइल तत्काल मन्त्रालयमा पेश गर्न निर्देशन दिएका हुन् । निरीक्षणकै क्रममा मन्त्री आलेले विमनस्थलमा...

निर्वाचन परिणाम स्वीकार्छु : नेता रावल

भरतपुर । नेकपा (एमाले) को अध्यक्षमा उम्मेदवारी दिkp-sएका नेता डा भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताए । सौराहमा जारी एमालेको दशौँ महाधिवेशनमा मङ्गलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका हुन् । निर्वाचन परिणाम जे आए पनि स्वीकार्ने तर केन्द्रीय सदस्य भने नबस्ने नेता रावलको भनाइ थियो ।...