समाचार

मानवसेवा आश्रमद्वारा ६२७५ जनाको उद्दार

मकवानपुर । विभिन्न कारणले सडकमा कष्टपूर्ण जीवन बिताउन बाध्य रहेकाहरुको उद्दार, संरक्षण एवम् पालनपोषण गर्दै आएको मानवसेवा आश्रम संस्थाले हालसम्म ६ हजार २ सय ७५ जनाको उद्दार गरेको छ । २०६९ साल भदौ १३ गते हेटौंडामा स्थापना भएको यस संस्थाले ७ वटा प्रदेशको १७ जिल्लामा रहेको २३ वटा सेवा...

हेटौंडा क्याम्पसलाई ट्याङ्की र फिल्टर सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित हेटौंडा क्याम्पसलाई पानी ट्याङ्की र फिल्टर सहयोग गरिएको छ । क्याम्पसका संस्थापक एवम् क्याम्पस संचालक समितिका निवर्तमान अध्यक्ष स्वर्गीय श्रीचन्द्र शर्मा पौडेलको स्मृतिमा पौडेल परिवारले क्याम्पसलाई युरो गार्ड र पानी टंङ्की सहयोग गरेका हुन् । । ७० हजार रुपैया बराबरको उक्त...

नेकपा माओवादी केन्द्र मनहरी गाउँ कमिटीको अध्यक्षमा कालाखेती

मकवानपुर । नेकपा माओवादी केन्द्र मनहरी कमिटीको अध्यक्षमा रामप्रसाद कालाखेती चयन भएका छन् । मंगलबार रजैयामा भएको पालिका सम्मेलनले कालाखेतीको नेतृत्वमा ५५ सदस्यीय कार्यसमिति चयन गरेको माओवादी केन्द्रका नेता कमानसिं पाख्रिन पृथकले जानकारी दिएका छन् । त्यस्तै कमिटीको उपाध्यक्षमा हिरालाल स्याङ्तान र गोविन्द घलान, सचिवमा संजिव पाठक, सहसचिवमा शोभा...

रेकग्नाइज र गैरिगाउँ तेक्वान्दो डोगांगलाई उपमहानगरपालिकाको सहयोग

मकवानपुर । जिल्ला तेक्वान्दो मकवानपुरकोे पहलमा हेटौंडा ४ हुप्रचौरस्थित रेकग्नाइज तेक्वान्दो डोजांग र हरियास्थित गैरिगाउँ तेक्वान्दो डोजांगलाई खेलका क्रममा प्रयोग हुने सामग्री सहयोग प्राप्त भएको छ । सोमबार हेटौंडा उपमहानगरपालिकाले उक्त सामग्री उपलब्ध गराएको हो । नगर प्रमुख हरिबहादुर महतले रेकग्नाइज तेक्वान्दो डोजांगका प्रमुख बिक्रम लामिछानेलाई रु पचास हजार...

नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरको अध्यक्षमा थापा मगर

मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीको मंगलबार सम्पन्न सम्मेलनले अध्यक्षमा तिर्थ थापामगरलाई सर्वसम्मत रुपमा चयन गरेको छ । यसैगरी, उपाध्यक्षमा महिलातर्फ सोनी गुरुङ, कोषाध्यक्षमा तारादेवी मोक्तान, सहसचिवमा रामकुमार बानियाँ सर्वसम्मत रुपमा चयन गरेको हो । उपाध्यक्ष महिला एक जनासहित ३ जना हुनुपर्नेमा खुल्लातर्फबाट २ जना बाँकी रहेको...

राष्ट्रिय क्रिकेट : बागमती प्रदेश विजयी

काठमाडौं । उन्नाइस वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा वाग्मती प्रदेशले कर्णाली प्रदेशमाथि एक विकेटको जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशले दिएको ७९ रनको विजयी लक्ष्य वाग्मतीले १९ दशमलब ५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । यससँगै पाँच खेलमध्इे...

इन्टरपोलको महासभामा भाग लिई प्रहरी प्रमुख थापा स्वदेश फिर्ता

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को महासभामा सहभागी भई आज स्वदेश फर्केका छन् । टर्कीको इस्तानबुलमा यही मङ्सिर ७ देखि ९ गतेसम्म इन्टरपोलको ८९ औँ महासभा भएको थियो । उक्त महासभामा सहभागी प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी उपरीक्षक सबिन प्रधानसमेत स्वदेश...

जनगणनाः प्रारम्भिक नतिजामा ‘कुटी, गुञ्जी र नाभी’ को जनसङ्ख्या पनि समेटिने

काठमाडौँ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको छ । तथ्याङ्क विभागले औपचारिक रुपमा कार्य क्षेत्र मै पुगेर जनगणना गर्न नसके पनि वैकल्पिक विधिको प्रयोग गरेर ती तीन क्षेत्रका घरधुरी र जनसाङ्ख्यिक विवरण समेटेर प्रारम्भिक नतिजा सार्वजनिक...

पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य छ : अध्यक्ष डा. लोहनी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीमा अब युवा पुस्ताको नेतृत्व अपरिहार्य भएको बताएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको आसन्न महाधिवेशनमा युवा पुस्तालाई नेतृत्व हस्तानन्तरण गर्न अध्यक्ष पदमा राजेन्द्र लिङ्देनलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष लोहनीले देशभरबाट छनोट...

मुख्यमन्त्री शाहीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । प्रदेशसभाको आजको बैठकमा उनले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । उक्त प्रस्तावको मत विभाजन भने बुधबार बस्ने बैठकमा गराइने भएको छ । बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सदस्यहरू अनुपस्थित रहेका कारण विश्वासको मतसम्बन्धी थप...