हेटौंडा क्याम्पसलाई ट्याङ्की र फिल्टर सहयोग

तु खबर संवाददाता
२०७८ मंसिर १५,बुधबार ०८:०८

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित हेटौंडा क्याम्पसलाई पानी ट्याङ्की र फिल्टर सहयोग गरिएको छ । क्याम्पसका संस्थापक एवम् क्याम्पस संचालक समितिका निवर्तमान अध्यक्ष स्वर्गीय श्रीचन्द्र शर्मा पौडेलको स्मृतिमा पौडेल परिवारले क्याम्पसलाई युरो गार्ड र पानी टंङ्की सहयोग गरेका हुन् । ।

७० हजार रुपैया बराबरको उक्त सामग्री स्व. श्रीचन्द्रका छोरा दिनु पौडेलले मंगलबार हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देलको आतिथ्यतामा हेटौंडा क्याम्पसका सहायक प्रमुख देवीराम लामालाई हस्तान्तरण गरेका हुन् । पौडेलले क्याम्पसको संस्थापक अध्यक्ष रहेका स्वर्गीय बाबुको सम्झनामा क्याम्पसमा अध्ययनरत विद्यार्थी शुद्ध पानी पिउनका लागि उक्त साम्रगी सहयोग गरेको बताए ।