नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरको अध्यक्षमा थापा मगर
मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीको मंगलबार सम्पन्न सम्मेलनले अध्यक्षमा तिर्थ थापामगरलाई सर्वसम्मत रुपमा चयन गरेको छ । यसैगरी, उपाध्यक्षमा महिलातर्फ सोनी गुरुङ, कोषाध्यक्षमा तारादेवी मोक्तान, सहसचिवमा रामकुमार बानियाँ सर्वसम्मत रुपमा चयन गरेको हो ।
उपाध्यक्ष महिला एक जनासहित ३ जना हुनुपर्नेमा खुल्लातर्फबाट २ जना बाँकी रहेको र सचिवमा पनि सहमति जुट्न नसकेपछि अब सम्मेलन लगतै बस्ने पहिलो बैठकबाट उक्त पदाधिकारीहरु टुङ्ग्याइने जनाइएको छ । केन्द्रको ८१ सदस्यीय उपमहानगर कमिटी रहने प्रावधान अनुसार ७३ जना चयन भइसकेका छन् भने मनोनित हुने बाँकी ९ जना अबको बैठकबाट मनोनित हुने बताइएको छ । माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य ललित घलान, हेटौंडा उपमहानगर इन्चार्ज विवेक राईसहितको उपस्थिति रहेको सम्मेलनको बन्द सत्रबाट उल्लेखित पदाधिकारीहरु सर्वसम्मत् चयन भएका हुन् ।
