नेकपा माओवादी केन्द्र मनहरी गाउँ कमिटीको अध्यक्षमा कालाखेती
मकवानपुर । नेकपा माओवादी केन्द्र मनहरी कमिटीको अध्यक्षमा रामप्रसाद कालाखेती चयन भएका छन् । मंगलबार रजैयामा भएको पालिका सम्मेलनले कालाखेतीको नेतृत्वमा ५५ सदस्यीय कार्यसमिति चयन गरेको माओवादी केन्द्रका नेता कमानसिं पाख्रिन पृथकले जानकारी दिएका छन् ।
त्यस्तै कमिटीको उपाध्यक्षमा हिरालाल स्याङ्तान र गोविन्द घलान, सचिवमा संजिव पाठक, सहसचिवमा शोभा दोङ्, चन्द्रकला खनाल र तेजराज पाण्डे, कोषाध्यक्षमा ध्रुव खड्का चयन भएका हुन् । कमिटीको सदस्यहरुमा प्रकाश थापा, विश्वराज गहतराज, विमला लामालगायत चयन भएका हुन् ।
माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य वीरबहादुर घलान ज्वालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश सल्लाहकार रामहरी सुवेदी, जिल्ला सचिवालय सदस्य रेखा थापा मगर, राजकुमार पाख्रिन, जिल्ला समन्वय सदस्य वीरबहादुर घलान, यदुनाथ श्रेष्ठ, सल्लाहकार बुद्धरत्न लामा, निर्वाचन मण्डलका प्रमुख मातृका ढुंगाना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
