समाचार

उपचार गर्न जिल्लाबाहिर जानुपर्ने बाध्यता टर्यो

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । सामान्य स्वास्थ्य उपचारका लागि समेत जिल्लाबाहिर जानुपर्ने बाध्यता व्यहोर्दै आएका स्थानीयवासीले गाउँपालिकाबाटै विशिष्टीकृत स्वास्थ्य सेवा लिन थालेका छन् । गाउँपालिकाले स्थानीयवासीको उपचार सेवाका लागि चिकित्सकसहित अत्याधुनिक एक्स–रे सेवा दिएको छ । गाउँपालिकाले एकजना एमबिबिएस चिकित्सक नियुक्त गरी विशेषज्ञ...

नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै

काठमाडौँ । कोरोना भाइरसविरुद्धको नौ लाख ७२ हजार मात्रा खोप आज आउँदै छ । भारतको सिरम इस्टिच्युट अफ इन्डिया कम्पनीबाट कोभिसिल्ड खोप आउन लागेको हो । स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाप्रमुख उपेन्द्र ढुङ्गानाले कोभ्याक्स सुविधाअन्तर्गत नौ लाख ७२ हजार मात्रा खोप आज आउन लागेको बताए । यस्तै, यही मङ्सिर...

‘सेन्ट्रिफ्युज’ मेसिन हस्तान्तरण

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) केन्द्रीय कार्यालयले काभ्रेपलाञ्चोक जिल्ला शाखालाई रगतको प्लाज्मा छुट्याउने उपकरण (सेन्ट्रिफ्युज मेसिन) हस्तान्तरण गरेको छ । तीस लाख बराबरको सो उपकरणले दाताबाट सङ्कलित रगतलाई प्लाज्मा, प्लेटलेटलगायत विभिन्न तत्वमा विभाजन गर्न सहयोग पु¥याउँदछ । यसबाट काभ्रेको रक्तसञ्चार सेवा थप प्रभावकारी हुने बताइएको छ । डेनिस...

सुन्तलाले बजार पाएन

नवलपुर । सहजरुपमा यातायातको पहुँच नपुग्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को पहाडी गाउँमा उत्पादन भएका सुन्तलाले बजार पाउन सकेको छैन । उत्पादित सुन्तला बजारसम्म पुर्याउन नसक्दा कृषकले आर्थिक क्षति बेहोर्न बाध्य छन् । जिल्लाको पहाडी गाउँपालिका बौदीकाली सुन्तलाको पकेट क्षेत्रका रुपमा छ । सडक सञ्जाल अभावकै कारण बौदीकाली–५ को बबक गाउँमा...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ५०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार तोकिएको छ...

हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली (पश्चिमी ट्रफ) र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्र (कम दबाब प्रणाली) को प्रभावले आगामी तीन दिन हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसाम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर उक्त प्रणालीका कारण आज बेलुकादेखि देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती...

मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले बुधबार विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्र शाहीले बुधबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए ।...

दोलखामा एकै परिवारका तीन जनाको शव फेला

दोलखा । दोलखामा पाँच दिनका नाबालकसहित एक दम्पत्तीको शव फेला परेको छ । बुधबार बिहान तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ । दोलखा प्रहरी प्रमुख भेषराज रिजालका अनुसार, स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका तामाङ...

विवाहपञ्चमीमा रेल चढ्ने रहर अधुरै

महोत्तरी । विवाहपञ्चमी नजिकिनासाथ भङ्गाहा नगरपालिका–४ पलार बस्तीकी सियानकीदेवी बाँतरलाई रेल चढेर जनकपुर जाने रहर जाग्छ । पछिल्ला दुई दशकयता आफ्नो ठाउँको रेल सेवा चल्न छाडेपछि उहाँको यो रहर पूरा हुन सकेको छैन । “घरबाट पैदल १० मिनेटको दूरीमा रेल स्टेसन ९हाल भङ्गाहा–५ सिद्धपुर बस्ती, बिजलपुरा रेल स्टेसन० थियो,...

काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

धादिङ । बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन् । ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तान मात्र विद्यालय जान्छन् । खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने कालीबहादुरका ती बच्चाले खाजा खान पाउने भएकाले मात्र विद्यालय जाने गरेका हुन् । घरमा बस्ने अरु...