मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मंगलबार प्रदेशसभा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका उनले बुधबार विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्र शाहीले बुधबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए ।
सभामुख राजबहादुर शाहीका अनुसार, मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत परेको थियो । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कुनै पनि सांसदहरु उपस्थित थिएनन् । मुख्यमन्त्री शाहीलाई उनको दल नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले मत दिएका छन् ।
