समाचार

आजबाट हेटौंडामा कांग्रेसको बागमती प्रदेश अधिवेशन सुरु, प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिको अधिवेशन आज बिहिबारबाट हेटौंडामा सुरु हुँदैछ । हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टी) को मैदानमा प्रदेश अधिवेशनको उद्घाटन कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने अधिवेशन सचिवालयका संयोजक एवम् मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिएका छन् । अधिवेशनको लागि आवश्यक तयारी...

खाद्य अधिकार तथा सम्प्रभुता ऐन कार्यान्वयन सम्बन्धी हेटौंडामा अभिमुखीकरण

मकवानपुर । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन कार्यान्वयन र नियमावली तर्जुमा सम्बन्धी अभिमुखीकरण तथा परामर्श गोष्ठी आज (बुधबार) हेटौंडामा भएको छ । संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय र बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा अभिमुखीकरण कार्यक्रम भएको हो...

वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सुरुको चौमासिकमा रु चार खर्ब ४२ अर्ब ६९ करोड दुई लाख ४२ हजार रहेको मुलुुकको वैदेशिक व्यापार चालु आवको सो अवधिमा रु सात खर्ब ३२ अर्ब ४१ करोड...

१२७२७ मा कोरोना परीक्षण गर्दा ३१६ लाई संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३१६ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १२ हजार ७२७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार, सो अवधिमा १० हजार ९१९...

आज नेप्सेमा केही सुधार, बढेन कारोबार

काठमाडौं । लगातारको गिरावटसँगै आज चौथो दिन सेयर बजार परिसूचक नेप्सेमा ५ अंक माथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से सूचक ५.२८ अंकले बढ्दै २६ सय ३३ दशमलव ६५ बिन्दुमा पुगेको छ । गत तीन दिनयता, मौद्रिक नीतिको समीक्षा पश्चात नेप्सेमा एक सय अंक बढीले...

अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्नू : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा सङ्क्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न...

एउटा चुनाव हार्दैमा पार्टीको सिद्धान्त मर्दैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा चुनावमा हार्दैमा पार्टीको सिद्धान्त नमर्ने बताएका छन् । बुधबार काठमाडौंमा भएको पार्टीको एकता महाधिवेशनको उद्घाटनसभालाई सम्बोधन गर्दै उनले पार्टीको मुल्याङ्कन गर्नका लागि एउटा चुनावमात्र पर्याप्त नहुने बताएका हुन् । ‘राप्रपाको सफलता र असफलताको कथा एउटा चुनावबाट देखिँदैन,’ उनले भने, ‘गत...

कांग्रेस बागमती प्रदेश अधिवेशनको तयारी तीव्र (फोटो फिचर)

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत भोलिबाट हेटौंडामा सुरु हुने बागमती प्रदेश अधिवेशनको तयारी तीव्र पारिएको छ । वन विज्ञान अध्ययन संस्थान (फरेस्टी) को मैदानमा आयोजना हुने अधिवेशनका आवश्यक सम्पूर्ण तयारीलाई तीब्रताका साथ अघि बढाइएको कांग्रेस मकवानपुरका प्रवक्ता एवम् अधिवेशन सचिवालयका संयोजक प्रदिप कोइरालाले जानकारी दिए ।...

विचार फरक भएपनि राष्ट्रियता र लोकतन्त्रमा सबैको एक मत : देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग पार्टीगत विचार फरक भएपनि राष्ट्रियता र लोकतन्त्रमा सबैको एक मत रहेको बताएका छन् । बुधबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् । ‘हाम्रो पार्टीगत विचारहरु...

परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न नेपालको आग्रह

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गरेका छन् । राजसंस्था र हिन्दु धर्मको वकालत गर्दै आएको राप्रपाको बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई...