१२७२७ मा कोरोना परीक्षण गर्दा ३१६ लाई संक्रमण पुष्टि

रासस
२०७८ मंसिर १५, बुधबार १७:०९
filr-photo

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३१६ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १२ हजार ७२७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार, सो अवधिमा १० हजार ९१९ जनाको पिसिआर परीक्षण र १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गरेको थियो । नेपालमा हाल ६ हजार ९५४ जना सक्रिय संक्रमित छन्। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ । यस्तै, आज थप २५९ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ ।