समाचार

बागमती प्रदेशमा ६८ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

मकवानपुर ।  बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२ हजार ७०७ नागरिकलाई पूर्ण खोप दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार छ लाख एक हजार ९१३ जनाले पहिलो मात्रा खोप लगाएको र दोस्रो मात्रा लगाउने...

भीमफेदी कारागार पुगेर विप्लवले भेटे आफ्ना कार्यकर्ता

मकवानपुर । भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारमा विभिन्न मुद्धामा जेल जीवन व्यतित गरिरहेका आफ्ना कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) बुधबार अपराह्न भेटघाट गरेका छन् । कारागार प्रमुख मदन लामा थिङ् र कारागारका सुरक्षा प्रमुखको रोहबरमा विप्लवले आफ्ना कार्यकर्तालाई भेट गरेका हुन् । भेटघाटको क्रममा महासचिव विप्लवले...

राप्रपा महाधिवेशन : नयाँ नेतृत्व चयन प्रक्रिया आजदेखि सुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनको प्रक्रिया आज (बिहीबार) देखि सुरु हुँदैछ । राप्रपाको बुधबारबाट सुरु भएको एकता महाधिवेशनअन्तर्गत बिहीबार निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो । राप्रपा अध्यक्ष पदको लागि कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाका अर्का अध्यक्ष डा....

ओमिक्रोन प्रभाव : मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय देशमा...

नयाँ बसपार्क चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने माग

काठमाडौं । गोङ्गबुस्थित नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताइएको छ । नयाँ बसपार्कस्थित कान्तिपुर मलले दसैँ, तिहार र छठपर्व लक्षित उपहार योजना वितरण कार्यक्रममा बुधबार वक्ताहरुले नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा कान्तिपुर मल व्यवस्थापन समितिका महाप्रबन्धक अमर निरौलाले देशको राष्ट्रियस्तरको नयाँ बसपार्कलाई चौबीसै...

आज भारी हिमपातको सम्भावना

काठमाडौं । मोसम पूर्वानामान महाशाखाले हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली, अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाइएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली...

मकवानपुरमा हुने अन्तरपालिका फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

मकवानपुर । मकवानपुरमा यही मंसिर १८ गतेदेखि जिल्लास्तरीय प्रथम अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको व्यवस्थापनमा १८ गतेदेखि २५ गतेसम्म हुने भएको हो । त्यसको लागि सबै तयारी पूरा भएको आयोजक टिमले बुधबार...

पशुपतिनाथ माविको ४६ औं स्थापना दिवस

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माध्यमिक विद्यालयको ४६ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । विद्यालयले विद्यार्थीहरुबीचमा गरिएको विभन्न मनोरन्जनात्मक खेलकुद प्रतियोगिताका बिजेताहरुलाई बुधबार पुरस्कार बितरण गरिएको छ । २०३२ साल मंसिर १५ गते प्राथमिकतहको अध्यापन गर्ने विद्यालयको रुपमा स्थापना भएको पशुपतिनाथ मावि २०६५ सालमा...

कांग्रेस बागमती प्रदेश : प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्ने

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिको अधिवेशन आजबाट हेटौंडामा सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टी) को मैदानमा हुने प्रदेश अधिवेशनको उद्घाटन कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम रहेको अधिवेशन सचिवालयका संयोजक एवम् मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले...

मकवानपुरका थिङ प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा ५ किलो १०० ग्रामसहित मनहरी गाउँपालिका वडा नम्वर ७ स्थित मनहरी पुल नजिकैबाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । पक्राउ पर्नेमा कैलाश गाउँपालिका...