समाचार

आजको मौसम : वर्षा र भारी हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेको छ । उक्त वायुको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशमा...

माओवादी बागमती गाउँपालिका अध्यक्षमा अरुण बल

मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका अध्यक्षमा अरुण बल चयन भएका छन् । बिहीबार भएको पालिकाको प्रथम सम्मेलनले बलको अध्यक्षतामा ५५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो । यस्तै, कमिटीको उपाध्यक्ष बच्चु खड्क गोले, बलबहादुर पाख्रिन, सचिवमा रहर सिं थिङ, सह–सचिवमा अशोक न्यासुर र कोषाध्यक्षमा कर्शाङ सिं पाख्रिन...

कांग्रेस बागमती प्रदेश अधिवेशन : आज मनोनयन दर्ता

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन अन्तरगत आज (शुक्रबार) मनोनयन दर्तादेखि उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने समय तालिका रहेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्टी) मा भएको अधिवेशनअन्तरगत आज मनोनयन दर्तादेखि उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको प्रदेश निर्वाचन...

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले यही मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गरेकी हुन् । बैठक मंसिर २८ गते दिनको २ बजेका लागि संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको...

राप्रपाको महाधिवेशन एक दिन लम्बियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन एक दिन लम्बिने भएको छ । महाधिवेशन प्रतिनिधिको विवादका कारण निर्वाचन कमिटीले तोकिएको मितिमा चुनाव गराउन नसक्दा महाधिवेशन एक दिन लम्बिने भएको हो । निर्वाचन कमिटीका एक सदस्यका अनुसार, आज (शुक्रबार) बिहान साढे ७ बजेदेखि मनोनयन दर्ता र त्यसपछि दावी विरोध,...

बानियाँ र प्रधानलाई सजिलै जित्छु : जगदिश्वर नरसिंह केसी

हेटौंडा । नेपाली काँग्रेस बागमती प्रदेशमा रामचन्द्र पौडेल पक्षको तर्फबाट सभापति पदका उम्मेदवार  जगदिश्वर नरसिंह केसीले आफू विजयी हुने बताएका छन् । आज साँझ हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता केसीले अर्का उम्मेदवार इन्द्रबहादुर बानियाँ र सिटौला पक्षको तर्फबाट सभापति पदका उम्मेदवार भीमसेनदास प्रधानलाई सहज रुपमा जित्ने दावी गरेका...

पार्टी अधिवेशन लगत्तै चुनावतर्फ केन्द्रित हुन देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्ताहरुलाई दिर्नेशन दिएका छन् । बिहिबार कांग्रेस बागमतीको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै सभापति देउवाले केही समयभित्रै हुने संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा लाग्न...

कांग्रेस अब गुट र उपगुटबाट मुक्त हुनुपर्नेमा इन्द्र बानियाँको जोड

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेस अब गुट र उपगुटबाट मुक्त भएर नेपाली जनताको लागि सर्मपण हुनुपर्ने समय आएको बताएका छन । आज (बिहिबार) हेटौंडामा भएको कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टीका कार्यकर्ताहरुले जनताको घरदैलोमा पुगेर भविष्यमा सम्पन्न हुने...

स्वस्थ प्रतिस्प्रर्धाको माध्यमबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ : महत

मकवानपुर । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले पार्टीको निर्वाचनमा स्वस्थ प्रतिस्प्रर्धाको माध्यमबाट नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् । आज (बिहिबार) हेटौंडामा भएको कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै डा. महतले कांग्रेसको निर्वाचनमा स्वस्थ प्रतिस्प्रर्धाको माध्यमबाट नेतृत्व हस्तान्तरण गर्नुपर्ने र पार्टीलाई अब गुट र उपगुटबाट...

प्रजातन्त्रको मुल्य र मान्यतालाई सबै दलहरुहरुले आत्मसात गर्नुपर्ने : प्रकाशमान सिंह

मकवानपुर । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा बागमती प्रदेशका निर्वाचन संयोजक प्रकाशमान सिंहले प्रजातन्त्रको मुल्य र मान्यतालाई सबै राजनीति दलहरुको संवैधानिक प्रकृया अनुरुप आत्मसात गरेर अघि बढ्नुपर्ने बताएका छन् । आज (बिहिबार) हेटौंडामा भएको कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री सिंहले सो कुरा बताएका हुन्...