आज भारी हिमपातको सम्भावना

तु खबर संवाददाता
२०७८ मंसिर १६, बिहीबार ०९:२८
file photo

काठमाडौं । मोसम पूर्वानामान महाशाखाले हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली, अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाइएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

बिहीबार देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र सो प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, भोलि शुक्रबार देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू–भागको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भू–भागको केही स्थानहरूमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ । शनिवार भने प्रदेश १ मा सामान्यदेखि पूर्णतया बदली रही देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ का पहाडी भू(भागका एक(दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।