‘निर्वाचन भएकोमा खुशी छु, तर मतदानका क्रममा आचारसंहित विपरितको गतिविधि गरियो’

तु खबर संवाददाता
२०७८ मंसिर १४, मंगलवार १२:२६
file-photo

मकवानपुर । नेकपा एमालेका नेता एवम् अध्यक्ष पदका उम्मेदवार डा. भीम रावलले नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएकोमा खुशी व्यक्त गर्दै निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउने सबैमा धन्यवाद दिएका छन् । उनले मतदानका क्रममा आचारसंहिता विपरितको गतिविधि भएको भन्दै आपत्तीसमेत जनाए । उनले समूहगत सूची वितरण गरिएको प्रति आफूले निर्वाचन आयोगलाई जानकारी गराएको बताए ।
‘एमालेको चुनावी आचार संहिताअनुसार समूहगत सूची बाँड्न नपाउने भन्ने थियो । त्यसबारे आयोग जानकारी र सुरक्षाकर्मीलाई भनेको थिएँ, तर त्यो कार्य बन्द भएन’, उनले भने, ‘विरोध गर्दा हातपातको प्रयास पनि भयो ।’ उनले मतदान विद्युतीय यन्त्र उपकरणको माध्यमबाट पहिलो पटक प्रयोग भएकाले राम्रै होला भन्ने विश्वास भएको बताए ।

उनले आफ्नो केन्द्रीय सदस्यमा उम्मेदवारी नरहेको र अध्यक्षमा मात्रै उम्मेदवारी रहेको कुरा आयोगलाई जानकारी गराएको पनि बताए । मैले सदस्य पदमा उम्मेदवारी दिएको छैन तर, मेरो नाम सदस्य पदको रुपमा राखिएको छ । म स्पष्ट गराउन चाहान्छु ।’ उनले भने ।