समाचार

मुख्यमन्त्री शाही आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता शाही निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले असोज १५ गते राजीनामा दिएपछि १६ गते मुख्यमन्त्रीमा नियुक्त...

दुर्घटनामा वडा सदस्यसहित चार जनाको मृत्यु

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जिप दुर्घटना हुँदा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ । सोमबार साँझ पाँच बजेतिरको समयमा बेनीबाट बेगको सिमतर्फ जाँदै गरेको ग १ ज ७२५१ नम्बरको निलगिरी यातायात प्रालिको जिप सडकबाट करिब तीन सय मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा एक...

माओवादी केन्द्र कैलाश गाउँपालिका अध्यक्षमा मल्ल चयन

मकवानपुर । नेकपा (माओवादी केन्द्र) को कैलाश गाउँपालिका अध्यक्षमा बालकुमार मल्ल चयन भएका छन् । सोमबार भएको अधिवेशनले मल्लको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा ठाकुर सिं थिङ र लाल सिं गुरुङ, सचिवमा कमल अर्याल, सह–सचिवमा रवीन्द्र थिङ र सुजाता फँयाल, कोषाध्यक्षमा सुनिता...

हेटौंडा उपमहानगरपालिकाको ४० प्रतिशत काम योजना सम्झौता

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा गर्ने विकास निर्माणलगायत कामका योजनामध्ये ४० प्रतिशत् योजनाको सम्झौता भएर कार्यान्वयन चरणमा आएको छ । उपमहानगरपालिकाको चालु आर्थिक वर्षका लागि नगरसभाले पास गरेका १ हजार २ सय योजनामध्ये ४० प्रतिशत् योजनाको सम्झौता भएर कार्यान्वयनमा आएको मेयर हरिबहादुर महतले जानकारी दिए । विकास...

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु

चितवन । नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया सुरु भएको हो । नेकपा (एमाले) का...

हेटौंडाका एक युवक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध र नगदसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध नाईट्रोभेट ४९ ट्याब्लेट्, ट्रामा ३६० क्यापसुल, स्टेगन ३५ ट्याबलेट, स्पासपेन ६ ट्याब्लेट नगद ४६ हजार २५० रुपैयाँसहित हेटौंडाका एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए...

गणतन्त्र र संघीयता माओवादीको एजेण्डा : मन्त्री जम्मकट्टेल

मकवानपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेलले गणतन्त्र र संघीयता माओवादीको एजेण्डा भएकाले त्यसको रक्षा र विकासका लागि एकजुट हुनुपर्ने बेला आएको बताएका छन् । सोमबार नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका सम्मेलनको उदघाटन गर्दै मन्त्री जम्मकट्टेलले अहिलेको व्यवस्थाबाट...

मकवानपुरमा मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन गरिने

मकवानपुर । मकवानपुरमा दुई चरणमा मतदाता नामावली संकलन गरिने भएको छ । बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा राजनीति दलहरु, सुरक्षा निकायका प्रमुखहरुसँग अन्तरक्रिया गर्दै जिल्लाको १० वटै स्थानीय तहमा ‘मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ सञ्चालन’ गर्न जानकारी गराएका हुन् । १८ वर्ष पुरा...

गाउँमै मिलापत्र हुँदा मानव अधिकारका घटना न्यून

सिमकोट । स्थानीयस्तरमै मिलापत्र गर्न थालिएकाले हुम्ला जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना न्यून देखिएकोे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हुम्ला शाखाले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाको वार्षिक पूर्वसमीक्षा कार्यक्रममा यो वर्ष जिल्लामा अतिन्यून घटना...

थप २५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार २ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना र २ हजार ६ सय ५७ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...