हेटौंडाका एक युवक पक्राउ

तु खबर संवाददाता
२०७८ मंसिर १४, मंगलवार ०८:३०

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध र नगदसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध नाईट्रोभेट ४९ ट्याब्लेट्, ट्रामा ३६० क्यापसुल, स्टेगन ३५ ट्याबलेट, स्पासपेन ६ ट्याब्लेट नगद ४६ हजार २५० रुपैयाँसहित हेटौंडाका एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ स्थित कालापानी बस्ने २६ वर्षीय रविन तामाङ रहेका छन् । उनलाई विशेष सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । उनका अनुसार, सोमबार अपराह्न ४ बजेर १५ मिनेटको समयमा हेटौंडा–१४ स्थित शंकास्पद अवस्थामा हिडिरहेका तामाङलाई चेक जाँच गर्दा निजले लुकाईछिपाई ल्याएको उक्त परिणामको लागूऔषध र नगद बरामद भएपछि पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।