समाचार

राप्रपा अध्यक्षका लागि कमल थापाद्वारा उम्मेदवारीको घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पदका लागि कमल थापाले उम्मेदवारी घोषणा गरेका छन् । यही मंसिर १५ गतेदेखि काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट फेरी अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उनले आफूले केही नगरी नहुने काम बाँकी रहेको भन्दै पुनः...

सर्लाहीमा कांग्रेसको वडा अधिवेशनस्थलमा झडप, मतदान अधिकृतसहित ५ जना घाइते

सर्लाही । सर्लाही जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन क्रममा आज झडप भएको छ । हिजो सोही अधिवेशनका क्रममा गोली चलेको थियो । आज पुनः विवादले उग्र रुप लिएपछि झडप भएको हो । उक्त झडपमा परी निर्वाचन अधिकृतसमेत ५ जना घाइते भएका छन् । सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा...

युनिलिभरबाट बरामद गरिएको चियापत्ती नष्ट गर्ने मकवानपुर प्रशासनको निर्णय

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–३ बसामाडीस्थित बहुराष्ट्रिय कम्पनी युनिलिभरको चिया प्रशोधन केन्द्रबाट बरामद गरिएको म्याद गुज्रिएका चियापत्ती नष्ट गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज बरामद गरिएको ३२ टन म्याद गुज्रिएको चियापत्ती नष्ट गर्ने निर्णय गरेको हो । प्रशासनले सोमबार (आज) कम्पनीका प्याक्ट्री म्यानेजर र एक...

नेप्से २१ अंकले घट्यो, ४ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको दोस्रो दिन नेप्से परिसूचक २१ अंकले घटेको छ । आज नेप्से २१ दशमलव ५१ अंकले घट्दा २६२९ दशमलव ९८ को विन्दुमा कायम भएको छ । यसअघि आइतबार ८० अंकले घटेको बजार सोमबार पनि दोहोरो अंकले घटेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ...

मकवानपुरमा थपिए ३ कोरोना संक्रमित, भए ३ जना संक्रमणमुक्त

मकवानपुर । मकवानपुरमा थप ३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २७ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा १४ जनाको पीसीआर र १३ जनाको एन्टीजेन परीक्षण गर्दा...

विपन्न परिवारलाई मौरीसहितको घार वितरण

तनहुँको भिमाद नगरपालिकाले विपन्न समूहलाई मौरीसहितको घार वितरण गरेको छ । नगरपालिकाले ‘उपप्रमुखसँग लक्षित समूह’ कार्यक्रमअन्तर्गत विपन्न परिवारलाई उक्त घार वितरण गरेको हो । विभिन्न वडामा रहेका अशक्त, अपाङ्ग, दलित, एकल र विपन्न महिलाको आयआर्जन बढाउने उद्देश्यले मौरीको घार वितरण गरिएको नगरपालिकाका उपप्रमुख शारदा खनालले जानकारी दिइन् । लक्षित...

हेटौंडाबाट अवैध नाईट्रोभेटसहित एक जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध नाईट्रोभेटसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले २५५ ट्याब्लेट लागूऔषध नाईट्रोभेटसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । पक्राउ पर्नेमा सर्लाही हरपुर्वा गाउँपालिका वडा नम्वर ७ हनुमानचोक घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा...

मकवानपुरमा ५९ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाए

मकवानपुर । मकवानपुरमा हालसम्म ५९ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोनाविरुद्धको खोप पर्याप्तमात्रामा रहे पनि जिल्लाका ५९ प्रतिशत नागरिकले सो खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा उपमहानगरपालिकामा ८८ प्रतिशत र अन्य पालिका र स्थानीय ग्रामीण तथा दुर्गम क्षेत्रमा २४ देखि ३० प्रतिशत नागरिकले...

सीप र ज्ञान हस्तान्तरण गर्नुपर्छ: मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एउटा पुस्तामा भएको सीप र ज्ञान अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएकी छिन् । संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडिपी) र भारतीय दूतावासले आज आयोजना गरेको कार्यक्रममा उनले आफू विद्यार्थी राजनाीति गर्दादेखि नै सीप र ज्ञान हस्तान्तरणको पक्षमा वकालत गर्दै आएको बताइन् । उनले सबै क्षेत्रका...

कहिलेसम्म सडक छेकेर कार्यक्रम गर्ने ?

बागलुङ । न सार्वजनिक मञ्च, न सभागृह । बागलुङ सदरमुकाममा सधैँ खड्किने विषय हो यो । खुलास्थल नहुँदा सडक वा चोकमै कार्यक्रम गर्नुपर्ने यहाँको बाध्यता छ । राजनीतिक दलदेखि सङ्घ संस्थासम्मले कहिलेकाहीँ बाटै छेकेर भेला वा सम्मेलन गर्छन् । यस्ता कार्यक्रमले सिधै बजार र यातायात सोवामा असर पार्छ ।...