हेटौंडाबाट अवैध नाईट्रोभेटसहित एक जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध नाईट्रोभेटसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले २५५ ट्याब्लेट लागूऔषध नाईट्रोभेटसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
पक्राउ पर्नेमा सर्लाही हरपुर्वा गाउँपालिका वडा नम्वर ७ हनुमानचोक घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ बस्तिपुरमा डेरा गरी बस्ने २३ वर्षीय सुनिल साह रहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । रिमालका अनुसार, साहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१० बसपार्कबाट उक्त परिणामको नाईट्रोभेटसहित पक्राउ गरेको हो ।
आइतबार शंकास्पद रुपमा हिडिरहेका उनलाई चेकजाँच गर्दा निजको साथबाट लुकाई छिपाई ल्याएको उक्त परिणामको लागुऔषध नाईट्रोभेट बरामद भएपछि निजलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृय अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
