मकवानपुरमा थपिए ३ कोरोना संक्रमित, भए ३ जना संक्रमणमुक्त

तु खबर संवाददाता
२०७८ मंसिर १३,सोमबार १६:०४

मकवानपुर । मकवानपुरमा थप ३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २७ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा १४ जनाको पीसीआर र १३ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २ जना र थाहानगरपालिकाका एक जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार ४ सय ७३ जना पुगेको छ । यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा बसेका ३ जना आज संक्रमणमुक्र भएका हुन् । संक्रमणमुक्त हुने तीनै जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यससँगै जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १५ हजार १ सय ९८ जना पुगेका छन् ।

यस्तै, जिल्लामा हालसम्म संक्रमणका कारण १६५ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म हेटौंडाका १ सय १७ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।