राप्रपा अध्यक्षका लागि कमल थापाद्वारा उम्मेदवारीको घोषणा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पदका लागि कमल थापाले उम्मेदवारी घोषणा गरेका छन् । यही मंसिर १५ गतेदेखि काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट फेरी अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उनले आफूले केही नगरी नहुने काम बाँकी रहेको भन्दै पुनः अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए ।
अध्यक्ष थापाले भने, ‘अधुरा कामलाई अधुरै छाडेर पलायन हुने अनुमति मलाइ छैन’ । उनले आफूले अध्यक्षहरु पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी र अरु पुराना नेताहरुको पनि आशिर्वाद लिएर उम्मेदवारी घोषणा गर्न आएको जिकिर गरे । राप्रपाको अध्यक्षमा यसअघि नै नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
